संरक्षण अभावमा अलपत्र साझा भवन «
Logo

संरक्षण अभावमा अलपत्र साझा भवन

महेन्द्रनगर– कञ्चनपुरको बेलौरी नगरपालिका–४ बसपार्क क्षेत्रमा रहेको साझा भवन वर्षौंदेखि अलपत्रमा रहेको छ । जीर्ण अवस्थामा रहेको भवन संरक्षणको अभावमा शौचगृहको रूपमा परिणत भएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । वि.स. २०६० भदौ २३ गते श्रीपुर सहकारी संस्थाको नाममा जारी गरिएको कित्ता नम्बर १०७० को सि.न ०२६/०८७१.०१ जमिन बारे सरोकारवाला निकाय नै बेखबर बनेपछि उचित संरक्षणको पर्खाइमा रहेको छ ।

त्यसैगरी सहकारी संस्थाको कूल ०.२५०६.८० क्षेत्रफल अर्थात ७ कट्ठा ८ धुर जमिनसमेत अतिक्रमणको चपेटामा परेको जानकारहरूले बताएका छन् । जग्गाधनी ४४७७ को पूर्जा प्राप्त श्रीपुर सहकारी संस्थाले तत्कालीन कार्यालय प्रयोजनका लागि बनाएका संरचनासमेत दुई दशकदेखि अलपत्र रहँदा त्यसले सरकारलाई गिज्याइ रहेको स्थानीयको ठहर छ ।

त्यसैगरी नेपाल सरकारको सहकारी संस्थान अन्तरगत रहेको आंशिक भूभाग हाल बसपार्क प्रयोजनका लागि प्रयोग गरिएपनि यसको समुचित उपयोग हुन सकेको छैन । वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण दियालले स्थानीयले सरकारले सार्वजनिक सम्पत्तिको खोजी र संरक्षण तथा नियमन गर्दै दीर्घकालीन योजना तय गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘हामीले कम्तीमा सम्पत्तिको सही प्रयोग र उचित संरक्षण गरी व्यवस्थित बजारीकरण गर्न सकेमात्रै पनि बेलौरी सुन्दर नगर बन्नसक्छ ।’ बेलौरी व्याडमिन्टन क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठले इण्डोर गेम सञ्चालनका लागि बेलौरी बजारमा उचित ठाउँ समेत नभएको अवस्थामा साझा भवन एक विकल्प हुन् सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्