स्थानीय तहको प्राथमिकता सडक विस्तार «
Logo

स्थानीय तहको प्राथमिकता सडक विस्तार

दाङ– स्थानीय तहले पूर्वाधार विकासअन्तर्गत सडक विस्तारलाई प्राथमिकता दिएका छन् । गत आर्थिक वर्षमा ३६२ किलोमिटर नयाँँ ट्रयाकमात्रै खोलेका छन् । पालिकाहरूले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/०८० मा १३५ किलोमिटर पक्की, १९० किलोमिटर ग्राभेल, ५७१ किलोमिटर कच्ची सडक विस्तार भएको छ भने झण्डै एक सय किलोमिटर सडकमा पक्की नाला बनेको छ ।

जिल्लाभर स्थानीय तह स्थापना भएदेखि हालसम्म पालिकाहरूले २२८ किलोमिटर पक्की सडक बनाएका छन् । ६११ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक हजार ९३ किलोमिटर कच्ची सडक निर्माण भएको छ । १० वटै स्थानीय तहले ७८१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् भने ३३२ किलोमिटर सडकमा पक्की नाला बनेका छन् ।

बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले दिएको जानकारी अनुसार बबईमा आर्थिक वर्ष २०७९/०८० मा ४.९ किलोमिटर पक्की सडक, १८.३१ किलोमिटर ग्राभेल, १०२.१५ किलोमिटर कच्ची सडक/माटे, १८.८२ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ भने सडक पक्की नाला (आरसीसी) ६.५३ किलोमिटर गरिएको छ ।

बङ्गलाचुली गाउँपालिकामा गत वर्ष तीन किलोमिटर सडक ग्राभेल र ३२ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन भएको लेखा अधिकृत अधिकृत नारायणप्रसाद आचार्यले जानकारी दिए । दंगीशरण गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा दुई किलोमिटर सडक कालोपत्रे, १२ किलोमिटर ग्राभेल, ३.५ किलोमिटर सडकमा पक्की नाला र सात किलोमिटर सडकको नयाँ ट्रयाक ओपन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत आशीष चौधरीका अनुसार गढवा गाउँपालिकामा गत आर्थिक वर्षमा ३.४५ किलोमिटर सडक कालोपत्रे, १०.१० किलोमिटर ग्राभेल, पाँच किलोमिटर कच्ची, ३.८९ किलोमिटर नयाँ ट्रयाक ओपन र १५.४८ किलोमिटर सडकमा पक्की नाला बनाइएको छ । घोराही उपमहानगरपालिकामा १० किलोमिटर कालोपत्रे, १७ किलोमिटर ग्राभेल, १० किलोमिटर कच्ची सडक विस्तार गरिएको छ ।

घोराहीमा आठ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ भने १० किलोमिटर सडकमा पक्की नाला बनाइएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार लमहीले आर्थिक वर्ष २०७९/०८० मा ८.५ किलोमिटर सडक कालोपत्रे गरेको छ । २५ किलोमिटर ग्राभेल, १५ किलोमिटर कच्ची/माटे, ३.७ किलोमिटर नयाँ ट्रयाक ओपन गरिएको छ भने ९.५ किलोमिटर सडकमा पक्की नाला बनाइएको छ ।

राजपुर गाउँपालिकाका अधिकृत भरतमणि पोख्रेलले दिएको जानकारी अनुसार त्यहाँ आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म २० किलोमिटर कालोपत्रे, ६६ किलोमिटर ग्राभेल, ११० किलोमिटर कच्ची, २४८ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ भने २२.२० किलोमिटर सडकमा पक्की नाला बनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीका अनुसार राप्ती गाउँपालिकाले गत आर्थिक वर्षमा चार हजार ९२१ मिटर कालोपत्रे, नौ हजार ६८२ मिटर ग्राभेल, १५ हजार मिटर कच्ची, दुई हजार पाँच सय मिटर नयाँ ट्रयाक र सडकमा ६ हजार २७४ मिटर पक्की नाला बनाएको छ । शान्तिनगर गाउँपालिकाका अधिकृत कृष्ण कँडेलका अनुसार त्यहाँ २.५ किलोमिटर कालोपत्रे, आठ किलोमिटर ग्राभेल, १० किलोमिटर कच्ची, पाँच किलोमिटर नयाँ ट्रयाक र सात किलोमिटर सडकमा पक्की नाला बनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा १७.८६ किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यस्तै ३०.३ किलोमिटर ग्राभेल, ५.४८ किलोमिटर पक्की नाला र ५.२ किलोमिटर सडकको बाटो कटिङ तथा सफाइ गरेको जनाएको छ ।

कति सडक बनाए पालिकाले ?

जिल्लाभर स्थानीय तह स्थापना भएदेखि हालसम्म पालिकाहरूले २२८ किमि पक्की सडक बनाएका छन् । ६११ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक हजार ९३ किलोमिटर कच्ची सडक निर्माण भएको छ । १० वटै स्थानीय तहले ७८१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् भने ३३२ किमि सडकमा पक्की नाला बनेका छन् ।

बबईमा हालसम्म गाउँपालिकाले १९ किलोमिटर पक्की सडक बनाएको छ । १२८.९ किलोमिटर ग्राभेल, ४१०.६५ किलोमिटर कच्ची सडक/माटे, १५४.७१ किलोमिटर नयाँ ट्रयाक ओपन गरेको छ भने बबईले २७.१६ किलोमिटर सडकमा पक्की नाला (आरसीसी) गरेको जनाएको छ । बङ्गलाचुली गाउँपालिकाले हालसम्म ग्राभेल १३ किलोमिटर, कच्ची सडक/माटे तीन सय चार किलोमिटर र नयाँ ट्रयाक ओपन १६० किलोमिटर गरेको जनाएको छ ।

दंगीशरण गाउँपालिकाले हालसम्म कालोपत्रे १५ किलोमिटर, ग्राभेल ४५ किलोमिटर, सडक पक्की नाला ४२ किलोमिटर, नयाँ ट्रयाक ओपन ३८ किलोमिटर र सडक पक्कीनाला (मेशनरी) २१.६ किलोमिटर गरेको छ । गढवा गाउँपालिकाले कालोपत्रे ९.४५ किलोमिटर, ग्राभेल ११०.१० किलोमिटर, सडक कच्ची/माटे ५५ किलोमिटर, नयाँ ट्रयाक ओपन १५.८९ किलोमिटर र सडक पक्की नाला (मेशनरी) ९०.४८ किलोमिटर गरेको जनाएको छ ।

घोराही उपमहानगरपालिकाले हालसम्म कालोपत्रे १४९.८७ किलोमिटर, ग्राभेल २०४ किलोमिटर, सडक कच्ची/माटे ८९ किलोमिटर, नयाँ ट्रयाक ओपन १६०.३२ किलोमिटर र सडक पक्की नाला (मेशनरी) ६९.९१ किलोमिटर बनाएको जनाएको छ । राजपुर गाउँपालिकाले हालसम्म कालोपत्रे २० किलोमिटर, ग्राभेल ९० किलोमिटर, सडक कच्ची/माटे १६० किलोमिटर, नयाँ ट्रयाक ओपन २४८ किलोमिटर र सडक पक्की नाला मेसिनरी २२.२० किलोमिटर बनाएको जानकारी दिएको छ ।

त्यस्तै राप्ती गाउँपालिकाले हालसम्म कालोपत्रे १४ हजार ९५० मिटर, ग्राभेल २० हजार दुई सय २० मिटर, सडक कच्ची/माटे ३२ हजार ४५० मिटर नयाँ ट्रयाक ओपन चार हजार पाँच सय मिटर र सडक पक्की नाला (मेसिनरी) ११ हजार ७६० मिटर बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्