११ वर्ष लग्यो चमेलिया बन्न «

११ वर्ष लग्यो चमेलिया बन्न

दार्चुला-मुलुकको जलविद्युत् क्षेत्रमा खराब उदाहरणका रूपमा लिइने आयोजना चमेलियाको निर्माण सम्पन्न भइ यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट शिलान्यास भएको आयोजनाको उद्घाटन गर्ने ऐतिहासिक अवसर पनि प्रधानमन्त्री देउवाले नै पाए । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको आयोजनाको शनिबार देउवाले उद्घाटन गरेका हुन् । आयोजनाको जडित क्षमता ३० मेगावाट छ ।मुलुकको जलविद्युत् क्षेत्रमा खराब उदाहरणका रूपमा लिइने आयोजना चमेलियाको निर्माण सम्पन्न भइ यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट शिलान्यास भएको आयोजनाको उद्घाटन गर्ने ऐतिहासिक अवसर पनि प्रधानमन्त्री देउवाले नै पाए । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको आयोजनाको शनिबार देउवाले उद्घाटन गरेका हुन् । आयोजनाको जडित क्षमता ३० मेगावाट छ ।कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, “आयोजना सुरु गर्ने मै हुँ र उद्घाटन पनि मैले नै गर्ने अवसर मिल्यो । यस्तो अवसर पाएकोमा  गौरवान्वित पनि छु ।” देउवाले प्रदेश ७ जलविद्युत्को धनी भएको र देश नै जलविद्युत्बाटै धनी हुनसक्ने बताए ।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको आयोजनाको काम चीनको सीजीजीसी र कोरियाको केएचएनपीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले चमेलियाको उद्घाटनपछि राष्ट्रिय प्रसारणलाइनमा जोडिने र मुलुबकाट लोडसेडिङ अन्त्य हुने बताए ।सन् २००७ मा आयोजना निर्माण सुरु गरी २०११ मा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनामा पाँचपटक समयावधि थपिएको थियो । २०१७ डिसेम्बरमा विद्युत् उत्पादन थाल्ने लक्ष्यकासाथ काम गरिएको आयोजनाले विधिवत निर्माण सम्पन्न गरेको आयोजनाप्रमुख अजय कुमार दाहालले जानकारी दिए । उत्पादित विद्युत् बलाँचबाट १ सय ३१ किलोमिटर लामो कैलाली जिल्लाको अत्तरियामा रहेको सवस्टेसनमा १ सय ३२ केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ । वर्षभरी दैनिक ६ घण्टा ३० मेगावाट विद्युत् उत्पादन गर्ने नेपालकै पहिलो प्रविधियुक्त चमेलियाको विद्युत् उत्पादनपछि सात नम्बर प्रदेश बाहेक देशका अन्य प्रदेशहरूमा पनि लोडसेडिङ अन्त्य गर्ने चमेलिया जलविद्युत् आयोजनाका इलेक्ट्रिकल ईन्जीनियर सुनिल सुवेदीले जानकारी दिए ।  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक विकटता, प्राविधिक जटिलता, आयोजनाको सुरुङ निर्माण सम्पन्नपछि खुम्चिनु र मर्मतमा चाइना कम्पनीको लागत बढी हुनु, देशको राजनितिक घटनाक्रमलगायतका कारण आयोजनाको समय र लागत बढेको बताए । सन् २०११ मै सम्पन्न हुनुपर्ने योजना पूर्णरूपमा १८ महिना बन्द भएको थियो । पटक–पटक समय थप हुनु, राजनीतिक घटनाक्रम, ऊर्जा मन्त्रालयको नेतृत्व परिवर्तनलगायत निर्माण कम्पनीहरूको सम्झौताका कारण पनि आयोजनाको काम लम्बिएको हो । लागत दोब्बर बढी८ अर्ब ३४ करोड लागतमा सम्पन्न गर्नुपर्ने चमेलिया जलविद्युत् आयोजनाको लागत दोब्बर बढेको छ । आयोजनाको कुल लागत १५ अर्ब रहेको निर्देशक  घिसिङले जानकारी दिए । साथै प्रसारणलाइन, सवस्टेसन, सडक पूर्वाधार निर्माणसहित सामाजिक कार्य तथा प्रशासनिक खर्चमा गरी थप ६ अर्ब १८ करोड रुपैँया लागत लागेको पनि घिसिङले बताए । दार्चुलावासीले एक वर्ष कुर्नुपर्नेस्थानीयवासीले भने चमेलियाको विद्युत् उपभोग गर्न तत्काल नपाउने भएका छन्  । जिल्लामा संरचना नबनेपछि जिल्लावासीले विद्युत् उपभोग गर्न समय लाग्ने भएको हो । महाकाली नगरपालिका–७ थालीगाडमा निर्माणाधीन विद्युत् सवस्टेसन निर्माण सम्पन्न भएपछिमात्र जिल्लावासीले चमेलियाको विद्युत् उपभोग गर्न पाउने छन् ।
 स्थानीयको गुनासो
चमेलिया जलविद्युत् आयोजना बन्दा तत्कालीन शिखर गाविसका विभिन्न बस्तीका प्रभावित जनताको समस्या जस्ताको त्यस्तै रहेको स्थानीयले गुनासो गरेका छन् । मुख्यतः बलाँच, सैनबन, बारिल, जोगेउडा लगायतका बस्तीहरूमा आयोजनाको सुरुङ निर्माण हुँदा खानेपानीका मुहान सुकेका, सिँचाइ अवरुद्ध भएको, स्थानीयले रोजगारी नपाएको, बाटोघाटो बन्द भएको भन्दै स्थानीयले गनासो गरेका छन् । बारिलका स्थानीय शंकरसिह खडायतले चमेलिया लजविद्युत् आयोजना निर्माण हुँदा प्रभावित क्षेत्रमा खानेपानी, सडक, बाटोघाँटो विद्युत् निर्माण गरिदिने सहमती भएको भएपनि हालसम्म आयोजनाबाट विद्युत् बाहेक अन्य विकास निर्माण नभएको बताए । यस्तै आयोजना सम्पन्न भइसकेकोले आशा पनि मरिसकेको अर्का स्थानीय लालमणि खडायतले गुनासो पोखे । 

कृष्ण धामी

प्रतिक्रिया दिनुहोस्