निर्माण व्यवसायी संघमा श्रेष्ठ पुनः अध्यक्ष «

निर्माण व्यवसायी संघमा श्रेष्ठ पुनः अध्यक्ष

संखुवासभा निर्माण व्यवसायी संघको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले दोश्रो पटक पनि कुल बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी संघका बरिष्ठ उपाध्यक्षमा दीपेन्द्र कार्की, उपाध्यक्षमा सन्तोष राई, महासचिवमा मिगुर शेर्पा, सचिव शान्ता बुढाथोकी, कोषध्यक्ष सुवर्ण शाक्य, सह कोषाध्यक्षमा हरि बहादुर जोशी रहनुभएको छ । नवनिर्वाचित प्रतिनिधिहरूले मुलुकले चाहेको बिकास र संबृद्धिको सपना साकार पार्न निर्माण व्यवसायीहरूको ठुलो भुमिका हुने भएकाले ईमान्दारितापुर्वक बिकास निर्माण र पेशागत हक हितका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कुलबहादुर श्रेष्ठले बिकास निर्माणको कार्यमा जन चाहना बमोजिम सामाजिक दायित्वबोधका साथ लाग्नुपर्नेमा जोड दिँदै पछिल्लो समय निर्माण कम्पनिको छबि धमिलिँदै गएकाले निर्माण ब्यवसायको साख जोगाउन सवै लाग्नुपर्ने भन्दै पेशागत शुरक्षा र ईमान्दारिताका साथ जिम्मेवार बनेर अघि बढ्न सवैलाई आग्रह गरेका थिए ।
सम्पन्न अधिवेशनले संघका सदस्यहरूमा टकमान घले, ग्रामसिंह राई, लाख बहादुर पौडेल, केशवलाल शाक्य, पाशाङ्ग शेर्पा, किरणबाबु उदाश, अनिरुद्र सिंह लिंखा, संगिता लामा, फुर्वा शेर्पा, हिरण्य दाहाल, चन्द्र बहादुर राई, सुमन श्रेष्ठ, धनकुमार लिम्वु, कोपिला श्रेष्ठ, रोशन रोक्कालाई सर्वसम्मतले चयन गरेको छ ।
प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधीहरूले मुलुकले चाहेको बिकास र संबृद्धिको सपना साकार पार्न निर्माण व्यवसायीहरूको ठुलो भुमिका हुने भएकाले ईमान्दारितापुर्वक बिकास निर्माण र पेशागत हक हितका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

 

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्