Logo

अवसरको सदुपयोग गर्दै जाजरकोट

दुर्गम जिल्लाको लिष्टमा परेको जाजरकोट विकासको लय समातेको करिब १४ वर्ष पूरा भएको छ । छिमेकी जिल्लाको सदरमुकामसँगै गाउँमा सडक जोडिँदा जाजरकोटको विकासका लागि राज्यले हेर्ने वातारण माओवादी जनयुद्धपछि मात्र भयो । २०६० मा एसएलसी परीक्षा दिँदै गर्दा रुकुम सदरमुकामबाट सल्ले हुँदै रुकुमकोट तर्फ ठूलै गाडी जाने गरेको नलगाड ८ का गोपाल खत्रीले बताए ।

उनले भने, “हाम्रो जिल्लामा सो समयमा सल्लीबजारको आसपासमा गाडी चल्ने गर्दथे । अहिले शान्ति कालमा एकाएक दुर्गम जिल्लाको लिष्टबाट जाजरकोट आफ्नो परिचय माथी उठाएर सुर्गम जिल्लासँग प्रतिस्पर्धा गरिरहेको छ । ठूला तीन वटा सडकको बीचमा जाजरकोट रहेको छ अहिले ।” ठूला जलविद्युत आयोजनाहरु जाजरकोटकै भूभागमा बन्दै छन् ।

जाजरकोट हुँदै ४०० केभी जस्तो महत्वपूर्ण विद्युतको प्रशारण लाइनसमेत निर्माण गर्नका लागि जाजरकोटको नलगाडलाई तोकिएको छ । भेरी करिडोर जस्तै त्रिदेशीय सडकसमेत जाजरकोटको पूर्वदेखि पश्चिमसम्मको अधिकांश भाग समेटने गर्दछ । उत्तरदेखि दक्षिण जोडनका लागि लम्बिनी–रारा सडकको अवधारण अनुसार काम चलिरहेको छ । अर्को महत्वपूर्ण सडकको रुपमा मध्य तथा पश्चिमको ८२ किलोमिटर भाग जाजरकोटलाई छोएर दैलेख जोडने गर्दछ । जो सडक रुकुम पूर्व, पश्चिम हुँदै जाजरकोटबाट दैलेख जोडने काम गर्दछ ।

लम्बिनी, दाङ, सल्यान र रुकुम हुँदै जाजरकोटबाट जुम्लासँगै मुगुको रारा जोडका लागि अर्को सडकको काम चलिरहेको छ । पश्चिम जाजरकोटबाट जुम्ला जोड्नका लागि भेरी करिडोरसँग जोडिएर छेडाबाट चाँदे हुँदै जुम्ला जोडने सडकको कामसमेत जारी छ । भेरी करिडोरबाट जोडिएर पूर्वबाट जुम्ला, रुकुम पश्चिम जोडनका लागि अर्को सडकको विकास भएको छ । त्यस्तै भेरी करिडोरसँगै नलगाडको चौखाबाट बानियाँगाउँ हुँदै डोल्पाको नर्कुबाट माथिल्लो भागमा जोड्नका लागि काम चालु अवस्थामा रहेको छ ।

माओवादी जनयुद्धबाट थिलोथिलो भएको जिल्ला समेत जाजरकोट हो । कडा भूगोल भएका कारण यहाँ गर्न खोजिएका कामहरु समयमै निर्माण गर्न समस्य हुँदै आएको थियो । शान्ति प्रक्रिया यताका अधिकांश समय माओवादी सत्तापक्ष हुँदै आएको छ । जिल्लाको विकास जति भएको छ, त्यो सबै माओवादीकै देन हो भन्छन् प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह ।

यी त भए १४ वर्षभित्र सडकमा भएका कामहरु । अन्य पूर्वधारको क्षेत्रमा समेत धेरै ठूलो जग बसेको सरोकारवालाहरुको दावी रहेको छ । जिल्लालाई उत्पादनमा जोडनका लागि ६ प्रकारका जोनहरु समेत जाजरकोटमै लागू भएको दावी गर्छन् नलगाड नगरपालिकाका नगरप्रमख डम्बर रावत । रैथाने बालीको संरक्षणका साथै उत्पादनलाई वृद्धि गर्नका लागि गाउँ, गाउँमा सिँचाइ सुविधा विस्तार गर्नका सिँचाइ आयोजनाहरु निर्माण कार्य जारी रहेको छ ।

यो आर्थिक वर्षमा मात्र खानेपानी तथा सिँचाइका लागि ४७ वटा नयाँ योजना निर्माण कार्य जारी रहेको छ । जिल्लाको सबै भन्दा ठूलो फाँट रहेको कुदुमा समेत सिँचाइ सुविधा भेरी नदीबाट पानी ल्याएर भइरहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीको भनाइ छ । आधा दर्जन वहुवर्षे योजनासमेत चालू अवस्थामा रहेका छन् ।

स्वास्थ्य क्षेत्रमा भएको प्रगति

सदरमुकाम समेत रहेको खलंगामा ५० शश्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । भवन निर्माण पूरा भएसँगै यहाँ सेवा प्रवाहका लागि सहज हुने अपेक्षा गरिएको छ । झण्डै ३० करोडमा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुग्दा जिल्लाबासीलाई खुसी नै थपिएको छ । पालिकामा निर्माण कार्य जारी रहेका १० देखि १५ शश्याका अस्पतालहरु निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा ढिला हुन गएको तीतो यथाथ छ ।

पालिकाका जनप्रतिनिधिको ताकेता र पहुँच कम हुँदा निर्माण व्यवसायीको अटेरीले हैरान भएको छ । प्रत्येक वडामै स्वास्थ्य संस्थाको पहुँच हुँदा अधिकांश समस्य गाउँ, घरमै हल हुने गरेको पाइन्छ । दुर्गममा डाक्टर नबस्ने रोग जाजरकोटका पालिकाले पनि ब्यहोरी रहेका छन् । छेडागाड नगरपालिकाका मेयर आफैँ निर्माण व्यवसायी हुँदा नलगाडको स्वास्थ्य संस्था निर्माणमा समस्य थपिँदै गएको छ ।

बारेकोट गाउँपालिकामा अहिले पालिकामा भखैरै मात्र स्वास्थ्य संस्थाको भवन निर्माण सुरु गरिएको छ । भेरी नगरपालिका (सदरमुकाम) पुरानै पालिका भएकाले यहाँको विषयमा त्यति बोलीहाल्ने अवस्था नरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ । विकासको नाममा समस्य ग्रस्त रहेका पालिका मध्यका जुनिचाँदे र कुशे गाउँपालिका हुन् । यहाँ सडक समेत पालिकासम्म जान र आउन फलामको चिउरा चपाए झैँ हुने गरेको छ ।

स्वास्थ्य संस्थाको अवस्था यहाँ समस्य मूलक नै रहेको छ । स्वास्थ्य क्षेत्रमा फडको मारेको नलगाड नगरपालिका रहेको छ । दुई पटक माओवादीले नै नेतृत्व गरेको पालिका समेत नलगाड हो । यो भेरी करिडोरले अधिकांश भाग छोएको पनि छ । सबैको भरोसा नलगाड नगरपालिकामा रहँदै आएको छ । भेरीको काफचौरमा जाजरकोट बहुप्राविद्यिक शिक्षालय सञ्चालनमा रहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको पढाइसमेत भेरीमै हुँदै आएको छ ।

माओवादी जनयुद्धबाट थिलोथिलो भएको जिल्ला समेत जाजरकोट हो । कडा भूगोल भएका कारण यहाँ गर्न खोजिएका कामहरु समयमै निर्माण गर्न समस्य हुँदै आएको थियो । शान्ति प्रक्रिया यताका अधिकांश समय माओवादी सत्तापक्ष हुँदै आएको छ । जिल्लाको विकास जति भएको छ, त्यो सबै माओवादीकै देन हो भन्छन् प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह ।

पेट दुख्दा बोक्सीले, राक्षसले झर हान्यो भनेर धामी, झाँक्री बोलाएर हेराउँदै गर्दा मृत्यु हुने जाजरकोटबासीहरु अहिले स्वास्थ्य क्षेत्रमा भएको परिवर्तनले अधिकांश समस्यहरु गाउँमै हल गर्दै आएका छन् । यहाँको गरिबीहरु जिल्लाको उत्तरी पूर्वमा रहेको ठूला हिमाल भन्दा अग्लो रहँदै आएका थियो तर अहिले उत्पादन, बजारीकरणले गर्दा विस्तारै दुर हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्