Logo

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर

चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई छुट अफर ल्याएको छ । कम्पनीले केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । नयाँ योजनाअन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहनेछ ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यको रुपमा रहेको छ । यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिनेछ । योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्बर तथा ठेगानामार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्