सिटिजन्स बैंंकको किस्को तथा एटीएम सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले एक वर्षअघि काठमाडौंमा सुरु गरेको किस्को सेवा काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा विस्तार गरेको छ । काठमाडौंको कलंकी र नयाँ बजारमा, कोसी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटल लाइन शाखामा गरी एकसाथ ५ शाखामा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
सो सेवाको काठमाडौंमा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले यो सेवालाई आवश्यकता अनुसार देशका अन्य भागमा पनि विस्तार गर्दै लैजाने बताए । किस्को सेवामार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने बताइएको छ ।