न्यादी हाइड्रोको १५औं वार्षिक साधारणसभा सम्पन्न

न्यादी हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७८/०७९ को वित्तीय विवरणलगायतका विभिन्न प्रस्ताव पारित भएका छन् । सभाले सञ्चालक समितिको सिफारिस अनुसार एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेलगायतका प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले लमजुङ जिल्लाकम ३० मेगाजाटको न्यादी जलविद्युत आयोजना निर्माण सम्पन्न गत वैशाखदेखि आयोजना सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ ।