मल्टीपर्पस फाइनान्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
उक्त सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । २०७९ साल पुस मसान्तसम्मको अधिकृत पुँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४५ करोड २० लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यस्तै कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार, निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार, तथा कर्जा लगानी ९८ करोड ८२ लाख गरी१३ हजार १ सय भन्दा बढी ग्राहकलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाका ६ वटा शाखा रहेका छन् । हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने बताइएको छ ।