Logo

तीन लाख ५० हजार पर्ने विद्युतीय स्कुटर ‘स्लेन’ सार्वजनिक

जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘स्लेन’ सार्वजनिक गरेको छ । हालै स्थापना भएको जमुनी अटोले काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गर्दै नेपालकै पहिलो तथा मुख्य शोरुमको औपचारिक उद्घाटन गरेको छ ।

३५ हजारबाट क्षमता भएको र ७२भी५२ एच ब्याट्री पावर भएको स्लेन विद्युतीय स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा विभिन्न रंग विकल्पमा उपलब्ध छन् । कम्पनीले स्लेनको सुरुवाती बजार मूल्य तीन लाख ५० हजार रुपैयाँ तोकेको छ । चीनमा निर्मित स्लेनका विद्युतीय स्कुटर लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौं स्थानमा पर्छन् ।

स्लेन विद्युतीय स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ । एक हजार रुपैयाँ तिरेर यो स्कुटर बुकिङ गरेका ग्राहकले २५ हजार नगद छुटसमेत प्राप्त गर्ने र पहिलो ५० जना ग्राहकमध्येबाट एक जना भाग्यशाली ग्राहकले एक लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ ।

कम्पनीले पोखरा र बाग्लुङमा समेत आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीका अध्यक्ष डा. मनोरमा जैसवालका अनुसार भविष्यमा जमुनी अटो सेन्टरले विद्युतीय अटोरिक्सा लगायत तीन पाङ्ग्रे सवारी साधन र चार पाङ्ग्रे सवारी साधन पनि भित्र्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्