सोलार बत्ती छ, उज्यालो छैन «

सोलार बत्ती छ, उज्यालो छैन

डडेल्धुराको अमरगढी नगरपालिकामा सोलार छ, तर उज्यालो छैनभन्दा अचम्म लाग्न सक्छ तर यो साँचो हो । डडेल्धुरा सदरमुकाममा जडान गरिएका अधिकांश सोलार बत्ती एक वर्ष नपुग्दै बिग्रिएका छन् ।
अमरगढी नगरपालिकाको कीर्तिपुर बजारको जिल्ला समन्वय समितिको कार्यालयदेखी अमरगढी नगरपालिकासम्मको क्षेत्रमा सोलार बत्ती जडान गरे पनि समयअनुसार नबल्ने बले पनि कम उज्यालो हुने गरेको छ भने केही सोलार बिग्रिसकेका छन् । बिहानको समयमा दूध, दाउरा, बिक्री गर्ने देखि हिँडडुल गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय बासिन्दा एवं नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष टेकराज अवस्थीले बताए ।
डडेल्धुरा सदरमुकाम आसपासका क्षेत्र र राजमार्गमा जडान भएका ७३ पोलमध्ये ७५ प्रतिशत सडक बत्ती नबल्ने र बलेका पनि कम उज्यालो दिँदा सडकमा हिँडडुल गर्ने पैदल यात्रुलाई समस्या भएको छ । गत आवको भाद्र महिनामा डडेल्धुरा सदरमुकामको मुख्य बजार क्षेत्र स्याउले, तुफानडाँडा, कीर्तिपुर, डकले र पोखरामा जडान भएका बत्तीमा जडान भएको इन्भर्टर ब्याट्रीसहितको उपकरण क्षमता ह्रास हुँदै गएपछि उज्यालो कम हँुदै गएको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्