प्रधान सेनापतिसँग निर्माण व्यवसायीको भेट

नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्र भन्दा राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेर यस्तो आग्रह गरेको हो ।
स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुने महासंघको दावी छ । प्रधान सेनापति शर्माले महासंघको अवधारणालाई सकारात्मक रुपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताए । महासंघको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए ।