Logo

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ । महासंघका सदस्यहरुलाई आवश्यक दूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरुप महासंघ अन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय दूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढंगले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्