आरन व्यवसायबाट मनग्य आम्दानी «

आरन व्यवसायबाट मनग्य आम्दानी

डोटी- आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दीपायलस्थित राजपुरमा सञ्चालन गरे आरन व्यवसायबाट उनले आफ्नो पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खान पिन र व्यक्तित्व विकासमा अघि बढाउन आफू सक्षम भएको बताए । डोटी,- आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दीपायलस्थित राजपुरमा सञ्चालन गरे आरन व्यवसायबाट उनले आफ्नो पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खान पिन र व्यक्तित्व विकासमा अघि बढाउन आफू सक्षम भएको बताए । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उनले यो व्यवसाय राम्रैसँग चलाएका छन् । विगत एक दशकदेखि डोटीको दिपायलस्थित राजपुर बजार बाहिरको सरकारी जग्गामा एउटा सानो छाप्रोभित्र यो व्यवसाय सञ्चालन गरिरहेका ओड आफ्नो कामप्रति गर्व गर्नुहुन्छ । वाल्यकालदेखि नै फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेसा थालेबा हुन् । आरन पेसा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरूको पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिएको उहाँले बताए । “आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको दशकौँ बितिसके । अझै कति समय बिताउने हो, त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन”, ओडले भने, “लोप हुन लागेको यो पेशालाई स्थानीय सरकार तथा सरोकारवाला निकायले संरक्षण गर्न सक्नुपर्छ ।” “दीपायलस्थित पिपल्ला र राजपुर बजारमा मात्रै होइन, छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँका बासिन्दासमेत कृषिका लागि आवश्यक पर्ने फलामे साधन बनाउन मेरो घरमै आउने गरेका छन्,” उहाँले भने, “आफूले विगत एक दशकदेखि यहाँको सरकारी जग्गामा घर बनाएर फलाम पिट्ने काम गरिरहेको छु तर आजसम्म ग्राहकबाट कुनै गुनासो आएको छैन् ।” “कतिपय ग्राहकले खुसी भएर ज्यालाभन्दा बढी रकम दिने गरेका छन् ।” उनले भने । मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुसी हुन्छन् तर स्थानीय सरकारले अहिलेसम्म यो व्यवसायका लागि सहयोग गर्न नसकेको गुनासो गर्दै उनले सकेन र मैले गरेको परिश्रम पनि देखेन ।” छाप्रामुनि रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ । बिहानै ७ बजेदेखि दिनभर काम हुने ओडको आरनमा औजार बनाउन आउनेको दैनिक घुइँचो नै लाग्ने गरेको हुन्छ । जनशक्तिको अभावमा आफूले खासै चाहे जति काम गर्न नसके पनि पाँच जनाको परिवारको घरखर्च र छोराछोरीको स्कुल खर्चसमेत फलाम पिटेरै धानेको उनको भनाइ छ । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उनले आफ्नो व्यवसाय राम्रै चलाउनुभएको छ । त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उहाँले आफ्नो गाउँमा आरन व्यवसाय खोल्नुभएको हो । उनको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउने सधैं भीड लाग्ने गरेको छ ।  त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आएका छन् । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उनले सो व्यवसाय सुरु गरेका हुन् । जिल्लामा आरन व्यवसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले यो व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिक रूपमा उक्त व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगर प्रमुख मञ्जु मलासी बताए  । उनी भन्छन्, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नेलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्टयाउने छौँ ।” 

प्रतिक्रिया दिनुहोस्