नेपाल क्लियरिङ हाउसको ११औं वार्षिक साधारणसभा

नेपाल क्लियरिङ हाउसले आ.व. २०७८/०७९ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने तथा बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७ अर्ब ८३ करोड ३ लाख ७५ हजार बराबरको हुने बताइएको छ ।
कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणाली स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पुँजी प्रयोग गर्ने बताइएको छ ।
आ.व. २०७८/०७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारको संख्या ५७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुदनाफा ४० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रतिसेयर २५५ कायम भएको कम्पनीले जनाएको छ ।