Logo

सेञ्चुरी कमर्सियल प्रभु बैंकमा मर्ज हुने प्रस्ताव पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब काठमाडौंमा आज सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८-७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९,५५,३९,०९,१९८.८९ रुपैयाँको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८-७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

उक्त साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ९७.२९ अर्ब रुपैयाँ र कर्जा रकम ८७.४५ अर्ब रुपैयाँ परिचालन गरी ३१.८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्