Logo

पोखरेबगरमा एक्सटेन्सन काउन्टर सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्