ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको सुरुवात भएको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बैंकिङ कारोबारसँगै जनतालाई सहज भएको बताए ।
गाउँमा शाखारहित बैंकिङ सेवाको सुरुवात भएसँगै वडाको विकासमा समेत टेवा पुग्ने बताउँदै सामाजिक सुरक्षा भत्ताको वितरण गाउँमै गर्नका लागि पहल गर्ने वडाध्यक्ष पौडेलले बताए । धातिवाङमा सुरु भएको बैंकको शाखारहित बैंकिङ सेवाको बजारप्रतिनिधिका रुपमा मनिराम पौडेललाई नियुक्त गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकका पोखराथोक शाखा प्रमुख लिलबहादुर सारुले बताए ।
ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । बैंकबाट स्थानीयले अब गाउँमै खाता सञ्चालन, रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन पाउने छन् ।