Logo

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्रीगणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थित एक आधिकारिक डिलर न्यू श्रीगणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिस्कृत तथा सुविधासम्पन्न रूपमा सञ्चालन गर्नका लागि पुनः उद्घाटन गरिएको
जनाएको छ ।
न्यू श्रीगणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसङ इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरू जस्तै टिभी, फ्रिज तथा घरयासी उपकरणहरू बिक्री वितरण गर्दै आइरहेको भन्दै सामसङ ब्रान्डको बढ्दो मागसँगै न्यू श्रीगणेश इलेक्ट्रोनिक्स ग्राहकहरूलाई सुलभ मूल्यमा पूर्ण सुविधासम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।
न्यू श्रीगणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा हिम इलेक्ट्रोनिक्सले शुभकामना प्रकट गर्दै चितवनको ग्राहकहरूलाई निरन्तर सेवा पुरयाउँदै आइरहेको तथा सामसङ उत्पादनहरूको बढ्दो मागले गर्दा चितवनका ग्राहकहरूलाई अझै बढी सुविधा र सेवा प्रदान गर्न तथा सुविधा सम्पन्नता पसल पुनः उद्घाटन गर्न उत्प्रेरित गरेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्