सात लाख पुगे वल्र्डलिंकका ग्राहक

नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो ।
कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ । यो सँगै कम्पनीले ’कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पूरा भएको जनाएको छ ।
कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी कार्य सञ्चालन गरिरहेको छ भने यही वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य राखेको छ ।
हालसम्म १४ हजार स्थानमा नि:शुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको कम्पनीको यो वर्षभित्र ३० हजार स्थानमा नि:शुल्क वाइफाई उपलब्ध गराउने योजना छ ।