Logo

डिशहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख विजेता

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।
यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं–१६ सखुवाघाटका निवासी राजन दाहालले एक लाख रुपैयाँ जितेका छन् ।
श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौंडाको डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह–वितरक गीता इन्टरप्राइजका डिलर दाइ राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।
डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरे । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्