Logo

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने निर्णय भएको छैन’

नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय नभएको जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गरेर महासंघले आफूअन्तर्गतको कृषि उद्यम केन्द्रमार्पmत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा प्रकाशित समाचार सत्य नभएको जनाएको हो ।
महासंघले भनेको छ, “दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय नगरेको समेत सबैमा जानकारी गराउँछौ ।”
यसरी प्रशिक्षार्थी पठाउनेबारे महासंघले आफ्ना कुनै पनि सदस्यलाई आग्रह नगरेको एवं प्रशिक्षार्थी पठाउने कुनै पनि कार्यक्रम नरहेकोले सोहीअनुसार सूचना प्रवाह गर्न महासंघले आफना सम्पूर्ण सदस्यलाई सूचित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्