सोलुखुम्बुका स्थानीय तहलाई २ अर्ब «

सोलुखुम्बुका स्थानीय तहलाई २ अर्ब

आव २०७६-७७ का लागि सोलुखुम्बुका स्थानीय तहले पौने २ अर्ब बजेट पाउने भएका छन् । सरकारले गएको जेठ १५ गते सार्वजनिक गरेको बजेट भाषणअनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाले एक अर्ब ७५ करोड ६५ लाख बजेट अनुदान पाउने भएका हुन् ।
सबैभन्दा बढी सोलुदूधकुण्ड नगरपालिकाले २० करोड १५ लाख सर्सत अनुदान र १३ करोड ३८ लाख बित्तीय समानीकरण गरी ३३ करोड ५३ लाख बजेट अनुदानको रूपमा पाउने भएको छ । ७ गाउँपालिकामध्ये नेचासल्यान गाउँपालिकाले सबैभन्दा बढी बजेट पाउने भएको छ । सो गाउँपालिकाले ११ करोड ५१ लाख बित्तीय समानीकरण र १८ करोड ६५ लाख सर्सत अनुदान गरी ३० करोड १६ लाख बजेट अनुदान पाउने भएको छ ।
आगामी आर्थिक वर्षमा थुलुङदूधकोसी गाउँपालिकाले २९ करोड १६ लाख अनुदान बजेट पाउने भएको छ । गाउँपालिकाले बित्तीय समानीकरणतर्फ १२ करोड ६० लाख र सर्सत अनुदानतर्फ १७ करोड ३० लाख बजेट पाउनेछ । माप्यदूधकोसी गाउँपालिकाले १० करोड १० लाख बित्तीय समानीकरणतर्फ र १० करोड ५३ लाख सर्सत अनुदानतर्फ गरी २० करोड ६३ लाख बजेट पाउने छ भने महाकुलुङ गाउँपालिकाले १६ करोड ३२ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ९ करोड ६ लाख बित्तीय समानीकरण र ७ करोड २६ लाख सर्सत अनुदान प्राप्त हुनेछ ।
पर्यटकीय गाउँपालिका खुम्बुपासाङल्हामूले ८ करोड २७ लाख बित्तीय समानीकरण र ७ करोड ३२ लाख ससर्त गरी १५ करोड ५९ लाख अनुदान पाउनेछ । जिल्लाको तल्लो भेगमा अवस्थित सोताङ गाउँपालिकाले ८ करोड एक लाख बित्तीय समानीकरण र ७ करोड ९५ लाख सर्सत अनुदानगरि १५ करोड ९६ लाख अनुदान पाउने भएको छ ।
जिल्लाको डाँडापारिको गाउँपालिका लिखुपिकेले सबैभन्दा कम १३ करोड ५६ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ६ करोड ८० लाख बित्तीय समानीकरण र ६ करोड ७६ लाख सर्सत अनुदान पाउने छ ।

प्रतिक्रिया दिनुहोस्