शाओमीको तिहार विशेष योजना

स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि मोबाइल सेटहरुमा मूल्य छुट गरेको छ । चाडपर्वको अवसर पारेर उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पण्डाले तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा उपभोक्ताका लागिसाबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउने बताए ।
यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ, शाओमी १२ सिरिजमा ३ हजार रुपैयाँ र भर्खरै लन्च गरिएको पोको एम५ मा ५ सय रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सीमित अवधिको लागि मान्य यो अफर २४ असोज २४ देखि १४ कात्तिकसम्म लागू हुने कम्पनीले जनाएको छ ।