Logo

निजी एयरलाइन्स डलर कमाउन पूर्वतिर, नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न आएका यएरलाईन्स दसंै–तिहारको समयमा डलर कमाउन पूर्व निरलाग्य पछि मुगुलगायत कर्णालीमा हवाई यात्रुहरू अलपत्र परेपछि सरोकारवाला निकायल मार्फत नियमित उडान गर्न ध्यानाकर्ण गरेको छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र निजी र सरकारी जहाज यएरलाईन्सका कर्मचारीबीचको ब्यापक छलफलले आगामी दिनमा नियमित सेडुल अनुसिारको ताल्चा मुगुमा उडान भर्नेको लागि पहल गर्ने निर्णयसहित सबै एयरलाइन्यलाई पत्रचार गर्ने सहमति भएको छ ।
मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू नियमित उडान गर्दै अए पनि दसैंको बेला पर्यटक ओसार्न पूर्वतिर जोमसोम, पोखरा गएपछि मुगु , जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका र सडक सन्जाल कच्ची गुणस्त नभएको र बढी सडक दुर्घटना हुर्ने सम्भावना भएको हुँदा रहुन् । नेपालीहरूको महान् चाडपर्व दसंै–तिहारको समयमा मुगुमा नियमित उडान भर्न र यात्रुको शास्तीलाई मध्यनजरलाई सहज बनाउनका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतमार्फत संस्कृतिक पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस मुगुका पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट ताल्चा विमान स्थलमा नियमित उडान गर्ने जहाज पछिल्लो चाड पर्वको समयमा पूर्वनिर जाने यात्रुहरू अलपत्र पार्ने समस्या देखिन आएको हुँदा कार्यालबाट नियमित फोन र पत्रचारबाट नियमित उडानका लागि पहल भइरहेको छ भर्ने नेपाली कांग्रेस पार्टीबाट नियमित जहान उडानका लागि आएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायसम्म पुर्‍याउने र पहल गर्ने प्रमुख जिल्ल अधिकारी रोमबहादुर महतले बताएका छन् ।
मुगुको ताल्चा विमान स्थलमा सहजै रूपमा जहाजको टिकट नपाएर स्थानिय दसंै तिहारको लागि गृह जिल्ला मुगु आउने र मुगुबाट बाहिर जार्ने नागरिकहरू कर्णाली राज मार्ग नसम्झेर कालमार्ग सम्झेर ज्यानको जोखिम राखेर यात्र गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्