दोलखामा पनि विद्युतीय गाडी

पहाडी जिल्ला दोलखाम पनि विद्युतीय गाडी सञ्चालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा गाडी सञ्चालनमा ल्याएको हो । कम्पनीले दिगो डाँफेनामक चिनियाँ कम्पनीको गाडी ल्याएको हो । सार्वजनिक यातायातका लागि दोलखा ल्याएको गाडी अहिले दोलखाबाट काठमाडौंसम्म यात्रुलाई सेवा दिने छ ।
एक पटक फुल चार्ज गरेपछि २ सय ५० किलोमिटर गुड्ने सक्ने भनिएको गाडी कम्पनीले उपलब्ध गराएको चार्जरमार्फत घरमै चार्ज गर्न सकिन्छ । घरमै चार्ज गर्दा ५ घण्टासम्म लाग्ने भएकाले कम्पनीले छुट्टै चार्जिङ स्टेसन राखिदिए चार्ज छिटो हुनेछ ।
उकालो पहाडी सडक भएता पनि गाडीको पिक पेट्रोलिम गाडीभन्दा राम्रो रहेको व्यवसायी रविन श्रेष्ठले बताए । १ सय ३५ किलोमिटर रहेको काठमाडौं दोलखाको दुईतर्फी यात्रा गर्न ४ सय रुपैयाँको विद्युत खपत हुन्छ ।