‘महिन्द्रा १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक

अग्नि मोटोइन्क प्रालिले ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ ।
नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनमा रहेका छ । १२५ केभीए ‘४ सिलिन्डर’ डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीएसम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ ।