Logo

हाइल्यान्ड डिस्टिलरीले ल्यायो ‘यती’ भोड्का

अल्ट्रा प्रिमियम ह्विस्की ‘बन्दीपुर’ र ‘गोर्खाज एन्ड गन्स’ उत्पादक कम्पनी हाइल्यान्ड डिस्टिलरीले ‘यती’ भोड्का बजारमा ल्याएको छ ।
आकर्षक बोतल र ‘फंकी’ लेबलका कारण यसले उपभोक्ताको ध्यान खिच्ने विश्वास रहेको कम्पनीले जनाएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्दीपुर र गोर्खाज एन्ड गन्सको सफलतापछि हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको उच्च गुणस्तरको भोड्का उपलब्ध गराउन चाहन्थ्यौं । यती भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम छैन ।”
कम्पनीका अनुसार यती भोड्का स्विट्जरल्यान्डको प्रविधिबाट उत्पादित हो । यती तीन आकारमा उपलब्ध छ; ७५० एमएल, ३७५ एमएल र १८० एमएल । यिनको मूल्य क्रमश २ हजार दुई सय रूपैयाँ, एक हजार एक सय रूपैयाँ र पाँच सय पचास रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । यो भोड्का देशका सबै प्रमुख बजारमा पाइने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्