Logo

पञ्चकन्या समुहद्वारा छात्रवृत्ति प्रदान

औद्योगिक समुह पञ्चकन्याद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोष प्रदान गरीएको छ ।
तिलोत्तमा नगर पालिका वडा नम्बर १५ का रहेको पञ्चकन्या समुहले १० वर्ष अघि सोही स्थानमा रहेको पशुपति माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै समुहका अध्यक्ष प्रेमबहादुर बस्नेतको नामबाट ५ लाख रुपैयाँको प्रेमबहादुर श्रेष्ठ अक्षयकोष स्थापना भएको थियो ।
सोही अक्षयकोषबाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष विद्यालयमा छात्रवृत्ति प्रदान गरिँदै आएको पञ्चकन्या समुहका उपाध्यक्ष एवं अक्षयकोषका अध्यक्ष धु्रवकुमार श्रेष्ठले बताए । सो क्रममा ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीएको छ ।
पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितिय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, २०७७ को एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितिय हुने करुणा बस्याल तथा २०७८ मा प्रथम हुने आशिक पन्थी, द्वितिय हुने विराज भट्टराई, तृतिय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, पञ्चकन्या समूहका उपाध्यक्ष एवं अक्षयकोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठलगायतले छात्रवृत्ति प्रदान गरेका थिए ।
प्रथम हुनेलाई १० हजार र द्वितिय एवं तृतिय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र र उपहार प्रदान गरिएको थियो ।
छात्रबृत्ति बितरण कार्यक्रममा अक्षयकोष संचालन समितीका सचिव एवं बिद्यालयका पुर्ब प्रधानअध्यापक कृष्ण प्रसाद घिमिरे, प्रधानअध्यापक बेदनारायण भण्डारी, व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद बश्याल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी लगायतले पञ्चकन्या समुहले बिद्यालयमा छात्रबृत्ति स्थापना गरी बालबालिकालाई पढन हौशला दिएको बताएका थिए ।
पञ्चकन्या समुहले बिद्यालयमा फर्निचर सहित कक्षाकोठा निर्माण, कम्प्युटर ल्यावका लागि ५ थान कम्प्युटर, सभाकक्षलाई प्लास्टिक कुर्चि, उच्च माबि भवन बनाउदा ४० लाख रुपैया बराबरको छड लगायत बिभिन्न सहयोग गर्दै आएको पुर्ब प्रधानअध्यापक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्