बजाजको ‘ग्रान्ड एक्सचेन्ज फेस्ट’ घोषणा

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज ग्राण्ड एक्सचेन्ज फेस्ट’ घोषणा गरेको छ ।
‘ग्रान्ड बाइक्स, ग्राण्ड एक्सचेन्ज, ग्रान्ड सेलिब्रेसन’ शीर्षकका साथ घोषणा गरिएको यो अफर काठमाडौंको भृकुटीमण्डपमा ७ देखि १० असोजसम्म चल्ने कम्पनीले जनाएको छ ।
यस अफरमा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो बाइक ल्याउन र १८ भन्दा बढी भ्यालुएटरले मूल्यांकन गर्न सक्ने नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन् ।
यसका साथै ग्राहकले कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा ७ हजार रुपैयाँ बढी नगद छुटसहित सजिलो फाइनान्सिङ, २५ प्रतिशत डाउन पेमेन्ट र नि:शुल्क एक्सेसरिज पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
साथै, हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र आकर्षक डोर पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले टेस्ट राइड लिन र रोमाञ्चक उपहारहरू जित्न सक्नेछन् ।