Logo

वीर अस्पताल अगाडि महानगरको डोजर

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।
बिहीबार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा रहेपनि अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो ।
डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको डोजर चलाएर औषधि पसल हटाएको छ । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ । महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टेलगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्