माइडियाको दसैं–तिहार अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाहर लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।
नेपालमा घरायसी सामग्रीका बजारमा ग्राहकले रुचाएको माइडिया ब्रान्डले दसैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित जारी गरेको अफरअन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजी भन्दा माथिका वासिङ मेसिनको खरिदमा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ । यो ग्राहक योजना १५ भदौदेखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।