येया: पुन्हीका अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर

येया: पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेडेर १७ वटा दीपसहितको अर्धचन्द्राकार भ्ये बोकी नगर परिक्रमा गर्दै वीरेन्द्र भक्त गजु श्रेष्ठ । मध्यपुर थिमिको दुईपोखरी, बालकुमारी, शंखचोक, सूर्यवनायक नपाको दक्षिण बाराही परिक्रमा गरेर पुन: मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा सियो निकालिएको गियो । करिब २० केजीको अर्धचन्द्राकार भ्ये (दीप) काँधमा बोकेर करिब ४ घण्टा नगरका विभिन्न ठाउँ परिक्रमा गरिएको थियो । यसअघि २०७४ मा पनि उनले नै जिब्रो छेडेका थिए । तस्बिर : रत्न श्रेष्ठ/ रासस