युनाइटेड सिमेन्ट्सको सहयोग

युनाइटेड सिमेन्ट्स प्रालिले धादिङको धुनिबेँसी नगरपालिका–९ कार्यालयलाई कम्प्युटर तथा सिलाइ मेसिन प्रदान गरेको छ । कम्पनीले वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर र टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा विगतदेखि नै कम्पनीले सहयोग गर्दै आएको बताए ।