Logo

एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

डिशहोमले दसैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरुका लागि एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ ।
डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहक मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्ने छन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगाएत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्