सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाको अध्ययन अनुमतिको म्याद दुई वर्ष थप गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष माग गरेको छ । विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको अध्ययन अवधि पाँच वर्ष समाप्त भएपछि पुन: तिनै कम्पनी वा प्रवद्र्धकले आवेदन गरेमा तिनीहरूको अवधि दुई वर्ष थप गरी सहजीकरण गर्ने सहमति भएअनुसार त्यसलाई कार्यान्वयन र सैद्धान्तिक सहमति प्रदान गर्न मन्त्रालयसमक्ष माग गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा गठित समितिले सिफारिस गरे पनि ऐनमै संशोधन गर्नुपर्ने भएका कारण सर्वेक्षण अनुमतिपत्रको म्याद थप भएको छैन । भेटुवालको संयोजकत्वमा गठित समितिले सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र र वित्तीय व्यवस्थापनलगायतको म्याद थपका लागि गरेको सिफारिसका आधार सर्वेक्षण अनुमतिपत्रबाहेक अरुको म्याद थप गरी सहुलियत प्रदान गरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले मन्त्रालयप्रति आभार प्रकट गरेको छ ।