Logo

एनआरएन जापानद्वारा एम्बुलेन्स उपहार

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं सिन्तोसिन रोटरी क्लब अफ टोकियोका रोटरियन भवन भट्टले धादिङको धुनीबेसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
धादिङ समाज जापानको समन्वयमा सिन्तोसिन रोटरी क्लव अफ टोकियो र गैरआवासीय नेपाली संघले उपहारस्वरुप धादिङ समाज जापानको समन्वयमा ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको पूर्व अध्यक्ष भट्टले बताए । गैरआवासीय नेपाली संघले भिजिट नेपाल २०२० का लागि नेपाली पुगेका देशमा नेपाल चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
“गैरआवासीय नेपालीले नेपालमा सामाजिक काममा पनि उत्तिकै महत्व दिएका छौं” भट्टले भने, “जापानमा रहेका सबै संस्थाहरुको उद्देश्य जापनमा बस्नेहरुको लागि सहयोग गर्ने मात्र होइन । आफ्नो जिल्ला गाउँका लागि सामाजिक काम गर्ने पनि हो ।”
उनले विभिन्न देशका गैरआवासीय नेपालीले नेपालका पहिचानहरुको बारेमा विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । उनले गैर आवासिय नेपालीहरुले आफ्नो कर्मभूमिमा सिकेको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्न सके समृद्धिको यात्रा टाढा नरहेको पूर्व अध्यक्ष भट्टको भनाइ छ ।
अर्को प्रशंगमा उनले नेपालमै केही गर्ने उद्देश्यले चााडै नै बीबी एयरवेज सञ्चालनमा ल्याउने तयारी भएको बताए । भारतका सबै जसो शहरबाट दैनिक एक उडान हुने गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।
कार्यक्रममा धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आर्चायले विपद व्यवस्थापन सम्बन्धी कार्यक्रममा जापान जाने क्रममा धादिङलगायतका गैरआवासीय नेपालीले सहयोग गर्न चाहेको बताए । उनले आफ्नो नगरपालिकासँग एम्बुलेन्स आवश्यक रहेको बताएपछि सो सहयोग प्राप्त भएको बताए ।
एम्बुलेन्सको लागत १९ लाख ५८ हजार ८ सय १२ रुपयाँ रहेको बताइएको छ । हाल नगरपालिकामा तीन वटा एम्वुलेन्सले नगरवासीलाई नि:शुल्क सेवा दिइरहेको पनि नगर प्रमुख आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस्