Logo

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटी

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् ।
संघकोसाधारणसभाले बोगटीलाई ३ वर्षको लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ । कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा दिलकुमार विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगश कुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्