केएनपी नेरोल्याकले ल्यायो ‘रंगमा दंग’ चाडपर्व अफर «

केएनपी नेरोल्याकले ल्यायो ‘रंगमा दंग’ चाडपर्व अफर

जापानको कान्साई पेन्ट्सको सहायक कम्पनी केएनपी जापान प्रालिले ‘पर्वसँगै रंगमा दंग’ चाडपर्व अफर ल्याएको छ ।
यो ग्राहक केन्द्रित अफर हो । विशेषगरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा मान्य रहने कम्पनीले जनाएको छ । जुन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वासेबल वा चारैवटाको संयुक्त मात्रामा पाउन सकिने कम्पनीले जनाएको छ ।
चाडपर्वमा ग्राहकले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले माथि उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ । अन्तिममा ५ लाखको एक जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारको विजेता लक्की ड्रमार्फत तय गरिनेछ । केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।
सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्