हेरिटेज म्याट्रेसको नयाँ योजना «

हेरिटेज म्याट्रेसको नयाँ योजना

हेरिटेज म्याट्रेसले नयाँ योजनाहरू सार्वजनिक गरेको छ । चितवन सौराहामा विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले नयाँ योजनाहरू सार्वजनिक गरेको हो ।
हेरिटेज म्याट्रेसले नवीनतम उत्पादनको रूपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरूको आवश्यकता अनुरूप रिफर गर्ने अर्थो डक्टर म्याट्रेसको माग हुने गरेको छ । यस्तै सामान्य ब्याक पेन हुनेहरूका लागि बण्डेड म्याट्रेटको माग नेपाली बजारमा रहेकाले हेरिटेजले नयाँ उत्पादनको जमर्को गरेको जनाएको छ ।
हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादनमार्फत वैदेशिक मुद्रा सञ्चितिमा ठूलो भूमिका खेलेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्