हुलास स्टिल, उद्योग परिसंघ र उद्योग प्रवद्र्धन केन्द्रबीच सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।
लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उद्योग प्रवद्र्धन केन्द्रका उप–सचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपकराज जोशी तथा हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई नीति नियमअनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यन्तम खर्च भने नेपाल सरकारले व्यहोर्ने छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ मा रहेको प्रावधानअनुसार यो सम्झौता गरिएको हो ।