विद्यालय भवन उद्घाटन «

विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले भारत सरकारको अनुदानमा नुवाकोटको विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवनको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा विदुर नगरपालिकका मेयर राजनश्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउनभारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत ७५ परियोजना मध्येको हो ।

प्रतिक्रिया दिनुहोस्