प्यारासुट नेचुराल स्याम्पुको एक महिने अभियान

प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो ‘संगीको साथ साउन’ नामक एक महिने अभियान सुरु गरेको छ ।
उक्त अभियानमार्फत ब्राण्डले बृहत् सेवाग्राहीसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको जनाएको छ ।
“संगीको साथ साउन’ विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो”, कम्पनीले भनेको छ, “प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामग्री: रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दर्भिक छ ।”
प्यारासुट स्याम्पु प्राकृतिक विशेषताले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको कम्पनीको भनाइ छ ।
प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामग्रीको मात्र प्रयोग गरिन्छ ।
मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो । मेरिकोले एसिया र अफ्रिका उदीयमान २५ भन्दा बढी देशहरुमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ ।
यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाई, र कपडाको हेरचाहका क्षेत्रहरुमा अग्रणी ब्राण्डहरुको सम्वद्र्धन गर्दछ । कम्पनीले २०१९/०२० मा भारतमा बेचेका उत्पादनहरु साथै एसिया र अफ्रिकामा छनौट गरिएका बजारहरुमार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।