सेलपेको वार्षिकोत्सवमा सामसुङ मोबाइल जित्ने अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।
तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल, इन्स्योरेन्स, सेयर तथा ब्रोकरको भुक्तानी, सरकारी भुक्तानीहरू, विभिन्न पसल, रेस्टुराँमा भुक्तानी, फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेण्टहरूमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर सेवा दिँदै आएको छ ।