Logo

रोजगारीका लागि ४६६ युवा इजरायल प्रवेश

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६८ नेपाली इजरायल प्रवेश गरेका छन् ।
इजरायलमा देखिएको श्रम बिबादको कुटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा १६९ उडान भएको हो । योसहित हाल इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजिकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको हो । वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले ८ र ९ साउनमा १६९ नेपालीको उडान भएको जानकारी दिए ।
नेपाल सरकार र इजरायल सरकारवीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी) सम्पन्न भइ २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् भने ८ र ९ साउनमा थप १६९ श्रमिकको उडान भएको हो ।
नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्व कर्मचारीको श्रम विवादका कारण छनौट भइ इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारको भिषा जारी गर्ने कायमा सहजिकरण गरेपछि प्रवेश खुल्ला भएको हो । “अब जाने श्रमिकको पुन: स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनुपर्ने छ । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद ६ महिना नाघेका व्यक्तिले मात्र गर्नुपर्ने छ । इजरायल जान श्रमिकले गर्नुपर्ने प्रक्रियाका विभागले सूचना सार्वजनिक गरिसकेको छ । विभागले बाँकी हरेका सबै युवालाई यही महिनाभित्र पठाउने तयारीसहित काम अघि बढाएको जनाएको छ ।
इजरायल पक्षले चाँडो भन्दा चाँडो छनोट भएका नेपाली श्रमिकलाई पठाउन अनुरोध गरेपछि नेपाल पक्षले गर्नुपर्ने थप प्रक्रियाको तयारी गरिहेको विभागले जनाएको छ । इजरायलको श्रम विवाद समाधान भएपछि केही दिन भित्र बाँकी रहेका श्रमिकको भिषा तथा उडान हुने विभागले जनाएको छ ।
इजरायलको रोजगारी सूचारु गर्न विगत लामो समयदेखि विभागका महानिर्देशक पौडेल, श्रम मन्त्रालयका सहसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरे, नेपालका लागि इजरायली राजदूत हानान गोडरले प्रयास गर्दै आएका थिए । इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये ९५९ को रोजगार सम्झौता र ४६६ इजरायल प्रवेश गरिसकेका छन् ।
विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाइ भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्