वातावरण संरक्षणको अभियान
हिमाले ५ वर्षमा साढे २ लाख बिरुवा रोप्ने

संघीयतापछि स्थानीयतहले डोजरे विकासलाई बढी प्रथामिकता दिए । वातावरणीय प्रभाव मूल्यांकन बिना गरिएको डोजरे विकासले बर्खामा विनास मात्रै निम्त्याए प्राकृतिक सुन्दरतालाई समेत कुरुप बनायो ।
नाङ्गा डाँडापाखा जथाभावी सडक खन्दा वातावरणिय सुन्दरता कुरुप हुनुका साथै बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । भने,जिल्लाका हिमा, पातारासी, तिला तातोपानी गाउँपालिका बाढी पहिरो भुक्ष्यको समेत उच्च जोखिममा रहेका छन् । जलवायु परिवर्तनले पानीका मुहान सुक्दै छन् । अन्नबाली उत्पादन घट्दै छ । तर, वातावरण संरक्षणमा स्थानीय सरकारको प्रथामिकता छैन् ।
विकास सँगै हुने विनासलाई रोक्न तथा वातावरण संरक्षणका लागि नाङ्गा डाँडापाखामा वृक्षरोपण अनिवार्य छ । वातावरण संरक्षण बाढीपहिरो नियन्त्रणका लागि वृक्षरोपण तथा तटबन्ध जस्ता कार्यक्रममा स्थानियतहले प्रयाप्त लगानी गर्नुपर्नेमा त्यसतर्फ ध्यान दिएका छैनन् ।
तर, यहाँको हिमा गाउँपालिकाले वातावरण संरक्षणका लागि वृक्षरोपण अभियानको थालनी गरेको छ । ‘ग्रिन रोड, ग्रिन नदी तथा नाङ्गा डाँडापाखा हराभरा बनाउने हिमाको नीति अनुसार वृक्षरोपण अभियान थालिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
उनले भने, “अभियानअन्तर्गत मंगलबार हिमा ४ को तलिकुडीस्थित मष्टमाटु पाखा र वडा नं. ५ को भुगाल पाटामा झण्डै ३ सय विरुवा रोपिएको छ । प्रत्यक वर्षको साउन महिनामा पालिका भरीका नाङ्गा डाँडापाखा तथा नदीको तटीय क्षेत्रमा बिरुवा रोपिने छ ।”
पञ्चवर्षीय योजनाअनुसार हिमालाई हरियाली र जलवायु अनूकुल पालिका बनाउने अभियान अन्तरर्गत हरेक वर्षको साउन महिनाभरी वृक्षरोपण अघि बढाइनेछ ।
५ वर्षमा साढे २ लाख बिरुवा रोपिने
हिमा गाउँपालिकाले पाँच वर्षमा पालिकाभरी झण्डै २ लाख ५० हजार बिरुवा रोप्ने योजना प्रस्तुत गरेको छ । जलवायु अनुकूलन, बाढी भूक्ष्य नियन्त्रण,वाताबरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साढे दुई लाख बिरुवा रोपिने अध्यक्ष शाहीले जानकारी दिए ।
उनले भने,“प्रत्यक वर्षको साउन महिनाभरी ५० हजार विरुवा रोपिने छ । विशेष गरी नदी तटीय क्षेत्र र नाङ्गा डाँडापाखामा बिरुवा रोपिने छ । पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोपेर हरियाली गाउँपालिका समेत घोषणा गर्ने योजना छ ।”
बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा बाढी पहिरोबाट खेतीयोग्य जमिन बचाउनुका साथै बस्तीलाई सुरक्षित गर्न वृक्षा रोपण गर्न लागिएको हो । मंगलबार जारी वृक्षरोपण अभियान साउन महिनाभरि जारी रहने हिमाले जनाएको छ । साथै हिमाले साउन महिनालाई वृक्षरोपण महिनाका रूपमा घोषणा भएको छ ।
हिमा ७ वटै वडाका विभिन्न बस्ती डाँडापाखालाई हराभरा बनाइने छ । सल्लो, देवदियार, किमी, ओखर, पिपल र बैँसका विरुवाहरु रोपिने भएको छ । वन्यजन्तु लोपउन्मुख भइरहेकाले पनि वृक्षरोपण गरी वन्यजन्तुको वासस्थान सुरक्षित गरिने छ । वासस्थान कमीले वन्य जन्तु गाउँ पस्न थालेकोले हरियाली वन बनाउन जरुरी रहेको अध्यक्ष शाहीको भनाइ छ ।
यता भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख शेखर चपाईले प्राकृतिकजन्य विपद रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षरोपण कार्य प्रसंसनिय रहेको बताए । उनले भने,“जुम्लाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका छन् । डोजरे विकासले वातावरण कुरुप बनेको छ । वृक्षरोपणाले वातावरण संरक्षण सँगै सुन्दरता कायम र विपद न्यूनीकरण गर्न महत पुग्छ ।”