Logo

बढ्दै सम्बन्ध विच्छेदका मुद्दा

जिल्ला अदालतमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दाहरू बढी रहेका छ । भरखरै सकिएको आर्थिक वर्षमा जिल्ला अदालतमा परेका मुद्दाहरूमध्ये सम्बन्ध विच्छेदका मुद्दाहरू बढिरहेका छन् । अदालतमा एक वर्षमा १ हजार ३८ वटा मुद्दा सम्बन्ध विच्छेदका परेको जिल्ला अदालतका श्रेस्तादार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार जिम्मेवारी सरी आएका ३ सय ४१ गरि १ हजार ३ सय ७९ सम्वन्ध विच्छेदका मुद्दाहरू रहेकोमा १ हजार ३१ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ३ सय ४८ वटा मुद्दा बाँकी छन् ।
सम्बन्ध विच्छेदका मुद्दाहरू वढदै गएको जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए । वैदेशिक रोजगारी, गरिवी तथा अशिक्षा जस्ता कारणले समबन्ध विच्छेदका मुद्दा वढी परेको पाइएको उनले बताए । यसरी सम्वन्ध विच्छेदका मुद्दा बढ्नु राम्रो नभएको न्यायाधीश थापाको भनाइ छ । ‘यसरी सम्बन्ध विच्छेदका मुद्दा वढनु राम्रो होइन यसले समाज कता तिर गइ रहेको छ भनेर संकेत गर्दछ’ न्याधीस थापाले भने । यसले समाजमा समेत प्रभाव गर्ने उनको भनाइ रहेको छ ।
आफूहरूले सम्वन्ध विच्छेद भन्दा पनि मिलापत्रलाई प्राथमिक्ता दिने गरेको उनी बताउछन् । ‘सम्बन्ध विच्छेदन भन पनि मिलापत्र गराउन तर्फ जोड दिएका छौं’, न्यायाधीश थापाले भने । अदालतमा बहुविवाहसम्बन्धी असारमसान्तसम्म ४३ वटा मुद्दा परेका थिए । अघिल्लो वर्षका ३१ वटा जिम्मेवारी सरेर आएका गरि ७४ मुद्दाहरू रहेकोमा ४१ वटा फैसला भइसकेका छन् भने ३३ वटा बाँकी छन् । बालविवाह सम्वन्धी जिम्मेवारी सरि आएका ५ वटा मुद्दा फछ्र्यौट भएका छन् । मानव बेचबिखन तथा ओसार पसरासम्बन्धीे जिम्मेवारी सरि आएका २ वटा र भरखरै सकिएको वर्षमा ४ वटा गरी ६ वटा मुद्दाहरू रहेकोमा ३ वटा फैच्यौट भएका छन् भने ३ वटा बाँकी छन् ।
जबरजस्ती करणी जिम्मेवारी सरि आएको ८५ वटा र भरखरै सकिएको आर्थिक वर्षमा १ सय २९ वटा मुद्दा गरि २ सय १४ वटा मद्दा परेकोमा १ सय ४२ वटा फछ्र्यौट भएका छन भने ७२ वटा बाँकी रहेका छन् । ज्यान सम्वन्धी जिम्मेवारी सरि आएका ८० वटा र भरखरै सकिएको आर्थिक वर्षमा १ सय ४ वटा गरि १ सय ८४ वटा मुद्दाहरू मध्ये ९३ वटा फच्यौट भएका छन् भने ९१ वटा बाँकी छन् ।
यसैगरी लागु औषधिसम्बन्धी जिम्मेवारी सरिआएका ३५ वटा भरखरै सकिएको आर्थिक वर्षमा ६९ वटा गरि १ सय ४ मुद्दाहरूमध्ये ५७ वटा फच्यौट भएका छन भने ४७ वटा बाँकी छन् । सवारी ज्यान अंगभङसम्बन्धी जिम्मेवारी सरि आएको २७ वटा नया ७० वटा गरी ९७ वटा मुद्दाहरूमध्ये ६४ वटा फच्यौट भएका छन भने ३३ वटा बाँकी छन् ।
अंशसम्बन्धी जिम्मेवारी सरी आएका २ सय २३ वटा नया २ सय ५८ वटा गरी ४ सय ८१ वटा मुद्दाहरूमध्ये २ सय ६२ वटा फछ्र्यौट भएका छन् भने २ सय १९ वटा बाँकी छन् । जग्गासम्बन्धी विवादका जिम्मेवारी सरि आएका ४८ वटा नयाँ ५१ वटा गरी ९९ वटा मुद्दाहरूमध्ये ३१ वटा फछ्र्यौट भएका छन् भने ६८ वटा बाँकी छन् ।
चोरी डाँकासम्बन्धी जिम्मेवारी सरी आएका ३५ वटा नया १ सयवटा गरी १ सय ३५ वटा मुद्दाहरूमध्ये ६९ वटा फच्यौट भएका छन् भने ६६ वटा बाँकी छन् । लेन सम्वन्धी १ सय ११ वटा जिम्मेवारी सरी आएका २ सय ८ वटा नयाँ गरी ३ सय १९ वटा मुद्दाहरू रहेकोमा २ सय ४ वटा फछ्र्यौट भएका छन् भने १ सय १५ वटा बाँकी रहेका छन् । अदालतमा ३ महिना भित्रका ९ सय ४४ वटा मुद्दाहरू बाँकी रहेका छन् ।
६ महिनादेखि १ वर्षभित्रका ६ सय ७ वटा, १ वर्षदेखि १८ महिना सम्मका १ सय ५८, २ वर्ष नाघेका २७ वटा गरि जम्मा १ हजार ९ सय ४५ वटा मुद्दाहरू बाहिर रहेको श्रेस्तादार भण्डारीले बताए । अदालतले एक वर्षमा २ हजार ८ सय ५४ वटा मुद्दाहरू फच्यौट गरेको छ । ३ जना न्यायाधीशले यो संख्यामा मुद्दाहरू फच्यौट गरेका हुन । अदालतमा ४ हजार ७ सय ९९ मुद्दाहरू रहेकोमा २ हजार ८ सय ५४ वटा फच्यौट गरिएको छ भने १ हजार ९ सय ४५ वटा बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्