Logo

होटल व्यवसायी राणाको एकल साँझ

होटलमा व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथै समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर जबरा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजित बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदिद्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
उक्त सांगितिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानलको पनि उद्घाटन गरिएको थियो । च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत संगीत क्षेत्रमा समर्पण गर्ने सोच राखेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्