शिवम् ओपिसी सिमेन्ट सर्वाधिक बिक्री हुने सूचीमा

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल भएको छ ।
शिवम् सिमेन्टले स्थापनाकालदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालकै सर्वाधिक ओपिसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको कम्पनीको दावी छ ।
नेपालकै एक मात्र असली ओपिसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकले दिएको साथ, विश्वास र भरोसाले गर्दा नै सर्वाधिक बिक्री हुने कम्पनीको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको बताइएको छ ।