सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सहयोगमा सिप्रवी सेक्युरिटीजले जनकपुरमा सेयर बजारसम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा पुँजी बजार र धित्तोपत्र बजारका आधारभूत कुराहरुका साथै सेयर कारोबार सुरु गर्नेलगायतका विषयमा जानकारी दिइएको छ । यस्तै पुँजी बजारमा प्रवेश गर्न चाहनेहरुलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न कलेज, संघसंस्था र सर्वसाधारण गरी १३२ जना सहभागी थिए ।
कार्यक्रमको बैंकिङ पार्टनर हिमालयन बैंक, मर्चेन्ट बैंकिङ पार्टनर हिमालयन क्यापिटल र पे वालेट पार्टनर आइएमई पे रहेका थिए ।